सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँहरुका लागि न्यानोपन नेपालले पाँच सय घरधुरीलाई पुग्ने गरि विभिन्न खाद्यान्न तथा स्वास्थ सामग्री बोकेर न्यानो पन नेपालको टिम यतिबेला सिन्धुपाल्चोक तर्फ प्रस्थान गरेको छ।


नेपाल एयरलाइन्सका बरिस्ठ क्याप्टेन तथा न्यानो पनका अध्यक्ष समेत रहनु भएका बिजय लामा र नेपाली काङ्ग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य तथा,न्यानो पन नेपाल संस्थाका
महासचिव पासाङ नुर्बु लामा लगायतका न्यानो पनको टिमले आफ्नो स्वार्थ भन्दा टाढा रहेर सिन्धुपाल्चोक जिल्लामा विभिन्न सहयोग पुर्याउदै छ्न।


यस अघि पनि सिन्धुपाल्चोक मात्रै नभई अन्य विभिन्न जिल्ला तथा काठमाडौका विभिन्न स्थानहरुमा पनि खाद्यान्न तथा स्वास्थ सामग्री बितरण गरिसकेको यो टिमले अझै धेरै जनालाई सहयोग
गर्ने लक्ष्य लिएको छ । धेरैले मानिसहरूले हाम्रो लागि भगवान सरह हुनु भयो भन्दै तारिफ तथा खुसी व्यक्त गरेका छ्न।
अहिले मात्रै नभएर गत वर्ष सिन्धुपाल्चोकमा बाढी पहिरो पीडित हरु लाई पनि उपचार खर्च तथा खाद्यान्न सहयोग गरेका थिए। न्यानो पनको टिम ले बिगत केही वर्ष देखि यस्तै उदाहरणीय कामहरू गर्दै आएको छ।

