सबिता भण्डारि मृत्यु प्रकरण अहिले नेपाली मिडियामा व्यापक रूपमा छाइरहेको छ। सबिता को माइती पक्षले सबिता लाई कुनै पनि रोग नरहेको उनले आत्महत्या गरेको होइन उनको हत्या भएको हो भन्ने दाबी गरिरहेका छ्न।
उनको उपचारमा संलग्न डाक्टर शैलेन्द्र राज अधिकारी ले सबिता लाई डिप्रेसन रहेको र उनलाई अस्पताल भर्ना हुन पनि सुझाएको बताएका छ्न। सबिता पहिलो पटक २०७७ चैत्र ८ गते आफ्नो सासू संग अस्पताल गएकी थिइन।
पहिलो चोटि जादा नै आफुले भर्ना गर्नु पर्ने भन्दा सबिता संगै आएको सासुले पछि आउछौ भनी घर लगेकी थिइन।सबिता फेरि दोस्रो पटक चैत्र ११ गते फेरि अस्पताल गएकी थिइन। उक्त समय मा सबितामा निद्राको मात्रै सुधार भएको अरु लक्षण उस्तै रहेको डाक्टरले बताएका छ्न।
डिप्रेसन का कारण सबितामा मन चंचल हुने,छट्पटी हुने, कता जाम के गरुम हुने साथै आत्महत्याको सोचाइ सम्म आउने सक्ने डाक्टर शैलेन्द्र ले बताएका छ्न। अझै पनि सबिताको माइती पक्ष सबिता लाई डिप्रेसन भएको कुरा मान्न तयार छैनन्।
