नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैधले प्रधानमन्त्री ओलिको हत्या गर्न आफू तयार रहेको बताएका छन् ।
बागमती सरकारले ल्याएको निति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लेदै कांग्रेस सांसद वैधले ओलि को हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका छन् कांग्रेस सांसदको सो अराजकतापुर्ण अभिव्यक्तिको सर्बत्र निन्दा भइरहेको छ ।
प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैधलाई तुरुन्त पक्राउ गरि आबश्यक कारबाही थाल्न समेत देशब्यापी माग भएको छ ।
वैधले महात्मा गान्धीको उदाहरण दिदै केपि ओलिका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् १९४८ जनवरी ३० मा माहात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए ।
उनले राजेन्द्र महोतोसमेतका नेतालाइ मन्त्रीपरिषद् समेटेकोमा आपत्ति जनाउदै मुनुचिया भन्ने देशको उदाहरण प्रस्तुत गरेर आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनले अहिले ओलिलाइ सत्ता चलाइरहेका अबस्थामा छोड्न नहुने र कोहि नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताए ।
