रेखाको ७ वर्ष अघिको राउटे माथीको माया देखावटि थियो कि वास्तविक भन्ने प्रश्न खडा भएको छ । नायिका रेखा थापाले सुर्खेतमा राउटे समुदायबिच राहत बाँड्ने क्रममा एक पुरुष राउटेलाई
चुम्बन गरिन् । उक्त तस्बिर सामाजिक संजालमा निकै भाइरल बन्न पुग्यो। रेखाले राउटेलाई चुम्बन गरेपछि राउटेहरु रेखासँग रिसाएको खबरहरु पनि मिडियामा निकै छायो। जवाफमा रेखाले
आफुसंग राउटेहरु नरिसाएको र आफूहरुलाई राउटे समुदायले निकै माया गरेको र उनीहरुको कुल पुजामा समेत आफूलाई समावेश गरेको बताइन् । यता, रेखाले दिएको चामल र नगद समेत राउटेले रिसाएर लिन नमानेको खबर पनि मिडियामा आएको थियो । तर, रेखाले यी सबै परिवेशलाई मध्यनजर गरेर राउटे समुदायको पक्षमा आवाज उठाउनुपर्ने थियो । किनभने,
राउटेहरु त्यहि हुन् जसले रेखालाई कुल पुजामा समेत समावेश गरेका थिए । रेखाले राउटे महिलामाथि भएको यौनहिंसाका बारेमा न त मिडियामा बोलेकि छिन् न त सामाजिक संजालमा नै । रेखाको देखावटि चरित्र भन्दै केहि दर्शकले गुनासो गरेका छन् ।
रेखालाई राउटेको माया भएकै भए आज राउटेको पीडामा उनीहरुलाई साथ र सहयोग गर्नतर्फ केन्द्रित हुनुपथ्र्यो तर केही तत्परता नभएको तर्क उठिरहेको छ।
