विभिन्न राहत सामग्री तथा स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका अभियान्ता ज्ञानेन्द्र शाहिको टिम माथी शुक्रबार राती सुर्खेतमा आक्रमण भएको थियो।
उनिहरु माथी निर्घात कुटपिट भएको थियो। सुर्खेत प्रहरी प्रमुखले यो आक्रमण होइन दोहोरो झडप भएको हो भन्ने कुरा जानकारी गराएका छ्न तर ज्ञानेन्द्र शाही यो कुरा मान्न तयार छैनन्।
अभियन्ता ज्ञानेन्द्र शाहिले त्यो सरासर झुट हो हाम्रो दोहोरो झडप भएको होइन सरकारले मिडिया छ भन्दैमा झुट कुरा बाहिर ल्याउन नहुने र सबैले यो कुरामा बिश्वास नगर्न आग्रह गरेका छन।
साथै हिड्ने बाटो मा ढुङ्गाहरु राखी बाटो ब्लक गरि गाडी रोकेर योजनाबद्ध तरिकाले आक्रमण भएको कुरा एक भिडियो मार्फत खुलाएका छ्न। प्रहरीले घाइतेलाई उपचारको लागि अस्पताल
नलगी त्यही राखेर करिब ज्ञ घन्टा सम्म सोधपुछ गरिराखेको सोधपुछको क्रममा तपाईं को नाम के होरुरु जस्ता अर्थहिन प्रश्न सोधिएको ज्ञानेन्द्र शाहिले बताएका छ्न। सुर्खेतका प्रहरी प्रमुखले
बर्ती लगाएर झुट बोलेको र गैरजिम्मेवारी भएर उद्दार गर्न नसक्दा घाइते भएका हामी रगत बगाउदै आफै गाडी चलाएर अस्पताल गएर उपचार गर्न बाध्य भयौं भनेर ज्ञानेन्द्र शाहिले भनेका
छ्न। पहिले नै सुरक्षा चाहिन्छ भन्दा सुर्खेतका प्रहरीले कुनै पनि व्यवस्था नगरिदिएको बताएका छन। र अहिले दोहोरो झडप भएको भनेर झुट कुरा बताइ नेपाली जनतालाई भ्रममा नराख्न
ज्ञानेन्द्र शाहिले सुर्खेत प्रहरीलाई आग्रह गरेका छन।
