अभियान्ता ज्ञानेन्द्र शाही र कलाकार तिलक बस्नेत लगायतका टिम माथी शुक्रबार राती आक्रमण भएको थियो।विभिन्न राहत सामग्री तथा स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका
अभियान्ता ज्ञानेन्द्र शाही,कलाकार तिलक बस्नेत र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा निर्घात कुटपिट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको थियो।
उक्त कुराको जानकारी पाएसंगै रबि लामिछानेले आक्रमण गर्ने जो भए पनि दोसीलाई कारबाहीको माग गर्दै आफ्नो अफिसियल फेसबुक वालमा यस्तो पोस्ट गरेका छ्न ।
ज्ञानेन्द्र शाही लगायतका युवाहरु माथी भएको आक्रमण निन्दनीय छ। असहमति भए त्यसलाई व्यक्त गर्ने अनेकौं तरिका छन्। तर भौतिक हमला कायरता भन्दा अरु केही होइन, कारण जे होस्, जो होस्। वास्तविकता जे भएपनि अनुसन्धान गरि सार्वजनिक होस् ,दोषी जो भए पनि कारवाही होस्।
