काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा
अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका अडियो-भिडियोलाई पनि यूट्युवरले
छ’ताछु’ल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लि’पसिं’क गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन
सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै
कोठाभित्र झु’ ‘ण्डि’एको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।
माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले त’नावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्र’ताडि’त गर्ने गरिएको बहिनी सजनीको आरोप छ । श्रीमान
योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मा’नसि’क समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औ’ष’धि से’व’न गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै स’वि’ता मा’नसि’क त’ना’वकाे समस्यामा थिइन् ।
सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै वि’क्षि’प्त अ’वस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ
कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’
बाँकि भिडियोमा हेर्नुहोस
https://youtu.be/uSCsLG6T3Xw
