यहीबेला चितवनको घटना समाजिक सञ्जालमा निकै चर्की रहेको छ। वैशाख ४ गते चितवन शारदानगरकी सविता भण्डारी को मृत्यु भयो । घर परिवारले उनले देहत्याग भन्दै आइरहेको छन्। तर माइती पक्ष यो कुरा मान्न तयार छैनन्।
उनलाई निकैनै मानसिक तनाब दिएको कुरा खुल्न आएको छ। सबिता को मृत्यु प्रकरण लाई लिएर उठेका आवाजहरुलाई विश्लेषण गर्दै यहाँका चितवन बासीहरुले सविताको मृत्यु प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्छ र सविताले न्याय पाउनै पर्छ दोषीलाई कडा भन्दा क डा स जाय होस् भन्दै आफ्नो माग राख्दै हजारौं जनाको महिला दिदीबहिनीहरु सडकमा उत्रिए।
अहिले अदालतमा विचाराधीन मुद्दा चलिरहेको छ। प्रहरीले हत्याको आशंकामा श्रीमानलाई हिरासतमा राखेको थियो। ऊनी एक लाख धरौटीमा छुटेका थिए। सवितालाई ससुराबाट पनि यौन शोषण भएको भिडियो पनि वाहिर आएको थियो। यतिवेला छिमेकीले आवाज उठाएका छन् पहिले सत्य तथ्य केही थाहा नपाएकाले केही नबोलको बताएका छन्।
मिडियामा भिविन्न किसिमका भिडियो बाहिरीए पछि बल्ल आवाज उठाएका छन्। मृत्यु भएको दिनको विहान पनि टोलको सडक सरसफाइ कार्यक्रमका गाएकी सविता कसरी आत्महत्या गर्न सक्छिन् भन्ने प्रश्न उठेको छ।
