धापासीमा बस्दै आएकि २१ वर्षीय नेहा तुलाधरको शनिबार बेलुकी ८ बजे मनमोहन मेमोरियल अस्पताल स्वयभ्भुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो। आफन्तहरुले उपचारमा संलग्न डाक्टरहरुको गल्तीका कारण सामान्य बिरामिको मृत्यु भएको भन्दै आक्रोश व्यक्त गरेका छ्न।
अस्पतालको हेलचेक्राइको कारण मृत्यु भएको भन्दै आइतबार बिहानै देखि आफन्तहरु आन्दोलित बनेका छ्न। सत्यतथ्य जानकारी र न्याय नपाएसम्म मृतक को शव नबुझ्ने उनिहरुको भनाइ छ। घटनाको बारेमा नेहाको साथी सोफि तामाङले भनिन् अप्रेसनको केही समय पछि साथिको होस आएको थियो र त्यसपछि हामी मज्जाले हास्ने बोल्ने गरेका थियौ।
अप्रेसनको तेस्रो दिन शनिबार अचानक उसलाई बान्ता भयो। त्यसपश्चात डाक्टरलाई खबर गर्यौ र फेरि उसलाई अप्रेसनको लागि लगियो । मृतकको शरिरमा पोष्टमार्टम भन्दा पनि बढी खो’तल’खा’तल गरिएको उनीहरुको भनाई छ। अप्रेसन दौरानको उनीहरुसँग भिडियो पनि छ।
भिडियोमा त्यो प्रस्टै देखिन्छ। २१ वर्षीया कलिलो उमेरकी मृतक तुलाधर साउथ वेस्र्टन कलेजमा स्नातक पहिलो वर्ष ९ब्याचलर फ्रस्ट ईयर० अध्यनरत थिइन्। उनको घरमा दुई जना आमा छोरी मात्रै छन्।
त्यो पनि आमा उमेरले बुढो र सु’स्त मन’स्थि’ति’की छिन्। उनले काम गर्दै, पढ्दै आफ्नो र आमाको जिवीकोपार्जन गर्दै आएकी थिइन्। हुर्काइ बढाइ गरेकी तन्नेरी छोरीको निधनले आमा मानसिक रुपमा निकै विक्षिप्त भएकी छन्। रेखदेख गर्ने सहाराको निधन भएपछि आमा बेसहरा बनेकी छन।
अस्पतालले मृतकमा जन्मजात समस्या रहेकोले उपचार गर्दा गर्दै मृत्यु भएको प्रतिक्रिया दिएको छ। सर्जरी विभागका प्रमुख डा। का अनुसार मृतकमा जन्मजात समस्या थियो। हेमोलाइटिन जन्डिस’ पित्त थैली सुन्निएका कारण उनको मृत्यु भएको उनले बताए।
उपचार सुरु गर्दा देखि नै विज्ञ डाक्टरहरुको सल्लाहा अनुसार नै आफूहरुले अप्रेसन गरेको उपचारमा संलग्न डाक्टरले बताए। उनले भने, ‘कुनै पनि डाक्टरले बिरामीको दुखद अवस्था होस भन्ने चाहाँदैन।
हामीले सबै डाक्टरहरुको सल्लाहा अनुसार नै अप्रेसन गर्यौँ। अप्रेसनको तेस्रो दिन फेरी इन्फेक्सनको समस्या देखियो। सोही कारण हामीले पुनः अप्रेसन गरेका हौँ। त्यो बाध्यात्मक अवस्था थियो। फेरी समस्या देखिनुको कारण पत्ता लगाएर उपचार गर्न हामीले दोस्रो अप्रेसन गर्यौँ।’
उनीसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले उपचार गर्दा गर्दा पनि कन्ट्रोल हुन नसकेर मृत्यु भएको डाक्टरको भनाइ छ। मृतक यो भन्दा पहिले पनि ह्याम्स र ग्रान्डीमा उपचार गराइसकेको र बिरामी नाजुक अवस्थामा अस्पताल पुगेको पनि ती डाक्टरले बताए। प्रर्दशन चर्किदै गएपछि आइतबार बिहानै अस्पताल प्रशासन र आफन्तहरुबीच छलफल भएको थियो।
कुरा मिल्न नसक्दा अस्पतालमा आफन्तहरुको संखया बढ्दै गएको छ। उनीहरुले अस्पतालको हेलचक्राईँका कारण यो घटना भएकोले अरुको यस्तो अवस्था हुनेमा सबै सचेत र खबरदारी गर्न आवश्यक रहेको बताएका छन्। घटनाको सत्यतथ्य बाहिर नआएसम्म आफूहरु शव नबुझ्ने उनीहरुले बताए।
