महतो परिवार मोरङ को विराटनगरमा बस्दै आउनु भएको छ। महतो को परिवारमा ५ जन सदस्य छ्न। ५ जना सदस्य सबै गोरो देखिन्छन्। मान्छेहरू बाटो हिड्दा झुक्किएर फोटो समेत खिचेको उनीहरु बताउँछन।
महतो को परिवारमा ३ जना छोरी र बुबा आमा रहेका छ्न। गाउका मान्छेहरू पहिले हामीलाई देख्दा अचम्म मान्थे उनीहरु बताउछ्न। काजोल महतो जेठी छोरी हुन। आर्थिक अवस्था कमजोर भएको गोरा परिवारमा सबैको आँखा को समस्या छ। आँखा राम्रोसँग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रातहरु खाना नखाइ भोकै बसेको पनि बताएका छ्न।
गाउँले हरुले फोहोरी को परिवार आयो भन्दै हेला अपमान गर्ने गरेको उनीहरुले बताए। आर्थिक अवस्था कमजोर भएका कारण एउटै मात्रै कोठा रहेको र कोठा संगै टासिएर सौचालय बनेको हुदा गनाउने समस्या हुने बताए।
ती सबै कुराको व्यवस्था गर्न आफुहरु आर्थिक रुपले सक्षम नरहेकाले बाध्यता ले त्यसरी बसेको उनीहरु बताउछ्न। तलको भिडियोमा सम्पुर्ण कुराहरु देखिएको छ , सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नु होला।
