नेपाली चलचित्र सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो जस्ता सुपरहिट चलचित्र छायाँकन गर्ने पुराना छाँयाकार राम शंकर प्रधानको निधन भएको छ । नेपाली चलचित्र क्षेत्रका एकदमै पुराना छायाँकार प्रधानको आइतबार बेलुका ७२ बर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । ७२ वर्षका प्रधानको मृगौला समस्याका कारण लामो समयदेखि डायलासिस हुँदै आएका थियो । उनको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ । प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
उनको निधनप्रति नेपाली चलचित्र क्षेत्रका बिभिन्न कलाकारहरुले दुख व्यक्त गरेका छन् । उनको निधन संगै सिंगो नेपाली सिने जगत दुःखी बनेको छ । उनले नेपाली चलचित्र त्रिनेत्र’, ‘अजम्बरी नाता’, ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’ ‘पर्खी बसेँ, ‘सुन्दर मेरो नाम’, ‘लगनगाँठो’, ‘रगत’ लगायत दर्जनौं नेपाली फिल्मको छायाँकन गरेका थिए । फोटो फाईल
हार्दिक श्रद्धाञ्जली!!

