ए’डल्ट स्टा’र डकोटा स्काइ अर्थात डकोटा स्काइ मृत भेटिएकी छन् । २७ वर्षीया उनी लस एन्जलसस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि ट’पले’स पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो । रिपोर्टका अनुसार उक्त तस्बिरका कारण उनलाई ज्या’ ‘न मा’ ‘र्ने ध’ ‘म्की समेत मिलेको थियो । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

यो पनि : सुशान्त सिंहको निधन भएको एक वर्ष पुरा, अझै भइरहेछ नेपोटिज्मको विरोध
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले देहत्याग गरेको सोमबार एक वर्ष पुरा भएको छ। त्यसयता सुशान्तले बलिउडमा व्याप्त रहेको नेपोटिज्मको कारण डि ‘प्रे’स’न’मा गएर देहत्याग गरेको भनाइहरु चर्को रुपमा उठेका छन्। भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले सलमान खान, करण जोहार, आलिया भट्ट, महेश भट्टजस्ता नेपोटिज्मका प्रवर्तकहरुकै कारण सुशान्तको मृत्यु भएको हालसम्म पनि बताइरहेका छन्।
सुशान्तलाई खेलाउने भनेर साइन भइसकेको चलचित्रहरु बलिउडकर्मीकै छोराछोरी, भतिजा–भतिजी, भान्जा–भान्जीलाई प्रतिस्थापन गरिएको थियो। चर्चित भारतीय लेखक चेतन भगतको पुस्तक ‘हाल्फ गर्लफ्रेन्ड’मा सुशान्तलाई साइन गरिएको थियो। चेतन भगतले सुशान्तलाई बधाई पनि दिएका थिए। तर पछि बोनी कपुर तथा श्री देवीका छोरा अर्जुन कपुरलाई सो चलचित्रमा राखियो, सुशान्तलाई हटाइयो।
यस्ता अनगिन्ती चलचित्रबाट सुशान्तलाई हटाइएको भारतीय संचार माध्यमको भनाइ छ। यो विषयमा सुरुवातमा कंगना रणावतले सशक्त ढंगबाट उठाएकी थिइन्। त्यसपछि एकपछि अर्का मानिसहरुले बलिउडमा नेपोटिज्म रहेको विषय खुलाएका थिए। हालसम्म पनि सुशान्तले किन देहत्याग गरे भन्नेबारेमा अनुसन्धान भइरहेको छ।

हाल पाँच सरकारी एजेन्सीले सुशान्तको देहत्याग कसरी भयो भनेर अध्ययन गरिरहेका छन्। यतिबेला मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरो, नारकोटिक्स कन्ट्रोल ब्युरो तथा प्रवर्तन निर्देशनालयले यो विषयमा अनुसन्धान गरिरहेको हो। यद्यपी नतिजा आउन सकेको छैन।
३४ वर्षको उमेरमा सुशान्त सिहं राजपुतले गतवर्षको जुन १४ मा देहत्याग गरेका थिए। उनी मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। पूर्ण अनुसन्धानपछि निष्कर्ष दिइने बताइएको छ। अनुसन्धानका क्रममा करण जोहार, महेश भट्ट, सुशान्तकै प्रेमिका रिया चक्रवर्ती लगायतलाई प्रहरीले बोलाइसकेको छ।
