अहिलेसम्म यो म्युटेसन फैलिएकोबारे वैज्ञानिकलाई थाहा हुन सकेको थिएन। किनकि भारतमा जिनोम सिक्वेन्सिङ पर्याप्त मात्रामा भइरहेको छैन। गत अप्रिल ५ देखि मे १५ सम्म परीक्षण गरिएका नमुनामध्ये ८ वटामा नयाँ म्युटेसन ९डेल्टा प्लस० देखिएको हो। जुन नमुना सबै डेल्टा भेरिएन्टबाट संक्रमित थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार यो भेरिएन्ट सबैभन्दा बढी तमिलनाडुमा ३ बिरामीमा देखिए पछि परिक्षण गरिएको थियो । त्यसवाट भारतमा यसले अन्य राज्यमा पनि प्रभाव पारिसकेको खुलेको थियो । यसबाहेक महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशका एक एक संक्रमितमा डेल्टा प्लस भेरिएन्ट देखापरेको छ। दिल्ली, बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानका नमुनाको पनि सिक्वेन्सिङको नतिजा आउन बाँकी छ। खुला सिमानाका कारण नेपालमा पनि यसवारे सतर्कता अपनाउनु जरुरी छ । नेपालमा पनि यो भेरियन्ट भित्रन सक्ने खतरा छ ।
यो भाइरसले सीधै मानिसको शरीरमा रहेको एन्टिबडीमा ह म ला गर्छ। अर्थात् यो भेरिएन्ट यति शक्तिशाली छ कि यसले मानिसलाई पटकपटक संक्रमण गर्न सक्ने मात्र होइन, खोप लगाइसक्दा पनि संक्रमित हुने जोखिम देखिएको छ।
