सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं।६ को क्षेत्रभित्र बसोबास गर्ने विपन्न वर्गहरुलाई नेपाली कांग्रेस तरुणदलका जिल्ला अध्यक्ष प्रमोद लामाले आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न खाद्यान्न सामग्री संगसंगै पौष्टिक आहार वितरण गरेका छ्न।

कोरोनाको कारण देशमा आएको दुस्खद परिस्थितिको बेला विपन्न परिवारलाई सहयोग गर्नु हामी सबै को मानवीय धर्म रहेको बताउने लामाले आफ्नो जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नु भन्दा दुखी गरिबहरुलाई सहयोगार्थ स्वरुप विभिन्न राहत वितरण गरेका छ्न ।


अध्यक्ष प्रमोद लामाले सिन्धुपाल्चोक जिल्ला सुनकोशी गा।पा। वडा न। ६ मा ४५ घर धुरी हरुलाई ३० के जि का दरले चामल त्यसैगरि साथै ६० जना सुत्केरीहरुलाई अन्डा हर्लेक्स लगायत पौष्टिक आहार पनि वितरण गरेका छ्न।

उक्त राहत वितरणमा सुनकोशी गा।पा। वडा न। ६ का अध्यक्ष रामकुमार थापा, सोहि वडाका वडा सदस्य रुप काजी लामा र नेपाली कांग्रेस खेलकुद बिभागका केन्द्रिय सदस्य टोपेन्द्र बहादुर दर्नाल सामिल थिए।
