दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा रहेको गोकुलेश्वर अस्पतालमा कोभिड का बिरामीहरु बढे संगै अक्सिजन प्लान्ट को पनि खाचो परेको छ ।
पछिल्लो समय कोरोनाको कारण मृत्यु हुनेको संख्या घटेपनि संक्रमित को संख्या भने घटेको छैन । यसै क्रममा गोकुलेश्वर अस्पतालमा पनि संक्रमीत बिरामिहरु बढे संगै संक्रमीत बिरामिहरुको उपचार गर्न अक्सिजन आपूर्तिका लागि अस्पताल परिसरमा जडान गर्ने गरि अक्सिजन प्लान्ट राख्नु पर्ने भएको छ ।
उक्त प्लान्ट जडान गर्नेको लागि त्यहाका गाउपालिकाहरुबाट आबश्यक सहयोगको अपेक्षा राखेर नगर स्थरिय बिपद् ब्यबस्थापन समिति बाट निर्णय भएको छ । आबश्यक सहयोगको लागि यी गाउँपालिकाहरुलाई अनुरोध गरेको छ ।
1: श्री मालिकर्जुन गाउपालिका ( दार्चुला
2: श्री लेकम गाउपालिका ( दार्चुला
3: श्री मार्मा गाउपालिका ( दार्चुला
4: श्री अपिहिमाल गाउपालिका ( दार्चुला
5: श्री नैगाड गाउपालिका ( दार्चुला
6: श्री डिलासैनी गाउपालिका ( बैतडी
7: श्री दोगडा केदार गाउपालिका ( बैतडि
