प्रहरिहरु लाइनमा बसिरहेको एउटा फोटो आइतबार समाजिक सञ्जालमा भाइरल बन्यो। फोटोमा प्रहरी लाइन बसिरहेको देख्न सकिन्छ। राष्ट्रिय आविष्कार केन्द्रलाई देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने गरेका छन्।
सो सहयोगबाट केन्द्रले पीपीई बनाएर कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई निशुल्क पीपीई उपलब्ध गराउँदै आएको केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए।‘केन्द्रले डेढ वर्षदेखि पीपीई बनाएर निशुल्क वितरण गर्दै आएको छ।
यहाँबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाली सेना र स्वास्थ्यकर्मीले पीपीई लिएर जानुहुन्छ,’पुनले भने, ‘तर हिजो अचानक प्रहरी पीपीई लिन आउनु भएको फोटो भाइरल भएछ। यहाँ यति बजे भन्ने नियम हुन्न। जतिखेर आए पनि हुन्छ। कति चाहिन्छ, आएर लानुस्।
’आइतबार कीर्तिपुरस्थित आविष्कार केन्द्रमा प्रहरी पीपीई लिन लाइन बसेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। सो फोटोसँगै सरकार र नेपाल प्रहरीको चर्को आलोचना भएको छ। तर केन्द्रका अध्यक्ष महावीर पुन भने फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताउँछन्।
हामीले पनि पीपीई लिन प्रहरी लाइनमा बसेको फोटो भाइरल बनेको थाहा पायौं। तर यो महामारीमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीले पीपीई लिनुलाई नकारात्मक रुपमा प्रचार गर्नु भन्दा पनि त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’प्रवक्ता बसन्त कुँवरले भने।
