लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ।
मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार साँझ सात बजे मेलम्ची नदीमा बाढी आएको हो। नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा पानीको बहाव बढेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका अनुसार मेलम्ची नदीमा आएको बाढीले त्यहाँको जनधनको क्षति गरेको छ।
उनका अनुसार हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ।

उनका अनुसार मेलम्ची नगरपालिकाका केही स्थानमा बाढी पसेको छ।
‘त्यहाँ बसोबास रहेको केही स्थानीयको क्षेत्रमा बाढी पसेको बुझिएको छ,’ पोखरेलले भने, ‘नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको क्याम्प पनि बगाएको कुरा आएको छ।’
हताहतीको शंका गरिए पनि अहिले विवरण प्राप्त नभएको सिडिओ पोखरेलले बताए।
