काभ्रेको धुलिखेल अस्पतालमा ल्याइएकी एक सुत्केरीको मृत्यु भएपछि अस्पताल आसपास क्षेत्रमा सावधानी अपनाइएको छ। उक्त क्षेत्रमा अहिले उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ।

सिन्धुपाल्चोकबाट ल्याइएकी एक जना सुत्केरीको शनिबार अस्पताल ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको थियो। ती महिलामा श्वासप्रश्वास समस्या देखिएको अस्पतालले जनाएको छ। महिलामा कोरोना पोजेटिभ भएको पाइएको छ। काठमाडौंको टिचिङ अस्पताल महाराजगन्जमा सुत्केरी गराइएकी महिला डिस्चार्ज भएर घर सिन्धुपाल्चोककको बाह्रबिसे लगिएको थियो। तर एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई काभ्रको धुलिखेल अस्पताल ल्याइएको थियो। तर ल्याइँदै गर्दा बाटैमा उनको ज्यान गइसकेको अस्पतालका डाक्टर राजेन्द्र कोजुले थाहाखबरलाई बताए।
इमर्जेन्सी वार्डभित्र लगिसकिएको हुनाले त्यहाँ भएका सबै डाक्टर नर्सलाई क्वारन्टाइनमा राखिएको अस्पतालले जनाएको छ। ती सुत्केरी महिलालाई बाकेको एम्बुलेन्स र इमर्ज्न्सी वार्डमा सरसफाइ भइरहेको बताइएको छ।
