मेलम्ची र इन्द्रावती नदिमा आएको बाढीले सिन्धुपाल्चोक तहसनहस बनेको छ। कयौं बेपत्ता भएका छ्न भने कति घरवारविहीन बनेका छ्न। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व
सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत,नेपाली काङ्ग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य पासाङ नुर्बु लामा तथा पत्रकार अर्जुन बिष्ट लगायतका टिम सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती बाढीले क्षति गरेको घटना स्थल तर्फ पुगिसकेका छ्न।


त्यहाँको अवस्था एकदमै दयनीय भएको, कतिका आफन्त हराएका,कत्तिको घरजग्गा बगेको र सबै जना शोकमा भएको जानकारी पत्रकार अर्जुन बिष्टले दिनु भएको छ। घटना स्थलको अवस्थाको बारेमा थप जानकारी आउन बाकी रहेको छ। अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ।

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नाकोते पुल, तिम्बु पुल, फ्ट्टे पुल, मेलम्ची पुल लगायत बाहुने बाटी पुल हरु पनि बगाएको छ ।नदि किनारामा सम्पुर्णसंरचना ध्वस्त बनाएर अरबौको क्षति पुर्याएको छ ।

अन्य वर्षमा भन्दा यस वर्ष बाढी पहिरोको असर धेरै हुने मौसमविद्हरुको आंकलन रहेको छ । मौसमविद्हरुले पूर्व तयारीको गर्न नसकेमा ठूलो मानवीय क्षति हुने चेतावनी समेत दिएका छन् ।प्राकृतिक प्रकोपका कारण वर्षेनी सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति हुने गर्दछ
