जेठ २७ गते बिहिबार झापाको दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी उनको बुधबार साँझ रहस्यमय मृत्यु भएको थियो। झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबी गरिएको छ ।
इलाम मंगलबारेकी सेजलको उनकै प्रेमीले बलात्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ । पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ ।
“प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भने,“आज ९मंगलबार० बलात्कारपछि हत्या गरेको दाबी गर्दै जाहेरी दिएको छौं, प्रहरीले थप प्रमाण जुटाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नेपर्ने हाम्रो माग छ।
ू उनको गत बिहीबार मृत्यु भएको थियो । दमक प्रहरीले हत्यामा संलग्न रहेको आरोमा सेजलका प्रेमी स्थायी ठेगना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई नियन्त्रणमा लिएको छ ।
