तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ। लगातारको वर्षापछि
रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएर मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।
उक्त राजमार्गमा अझैसम्म यातायात सञ्चालनमा आउन सकेको छैन। पाल्पाको तिनाउ गाउँपालिकामा पनि केही परिवार विस्थापित हुन पुगेको स्थानीय विष्णु पाण्डेले बताए। उता,दाङ देउखुरीको राप्ती नदीमा फसेका चार जनालाई उद्धार गरिएको छ ।
मंगलबारदेखि फसेका उनीहरुलाई विपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले बुधबार उद्धार गरेको हो । पाल्पाको तिनाउ गाउँपालिकामा पनि केही परिवार विस्थापित हुन पुगेको
स्थानीय विष्णु पाण्डेले बताए। उता,दाङ देउखुरीको राप्ती नदीमा फसेका चार जनालाई उद्धार गरिएको छ। मंगलबारदेखि फसेका उनीहरुलाई विपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले बुधबार उद्धार गरेको हो।
