सिन्धुपाल्चोक मेलम्ची इन्द्रावती क्षेत्रको अवस्था यतिबेला निकै भयावह रहेको छ।मेलम्ची र इन्द्रावती नदिमा आएको बाढीले सिन्धुपाल्चोक तहसनहस बनेको छ। खोला धुनिएर बाढी अहिले बजारमा पसेको अवस्था छ।
मानिसहरू आफ्नो ज्यान जोगाउन भागाभाग गर्दै छ्न। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत त्यहाँ पुग्नु भएको छ। तुरुन्तै स्थानीयहरुका लागि आफुले सक्ने जति सहयोग गर्ने उहाँले बताउनु भएको छ।
आफुले सके जति आफ्नो सामान माथी सुरक्षित स्थान तर्फ सार्न पनि मानिस लागि परेका छ्न। ज्यान जस्तै आफुले दुखले जोडेका सामान को नि उत्तिकै माया लाग्ने उनीहरुले बताएका छ्न। मानिसहरूले कति दुख, मेहनतले बनाएका सुन्दर घर तथा अन्य संरचना बाढीले गर्दा बगर सरह बनेका छ्न।
बाढी बजार पसिसकेको हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मीले मानिसहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरिरहेका छ्न। अहिले ज्यान जोगाउन पनि निकै कठिन भएको अवस्था छ।
खतरा अझै बढ्दै गएको छ। समयमा नै उद्वार गरि त्यहाँ को मानिसलाई सुरक्षित ठाउँमा पुर्याउन नसके धेरै जनधनको क्षति हुने अवस्था देखिन्छ।त्यहाको अवस्था अत्यन्तै दयनीय रहेको हामिले भिडियोमा देख्न सक्छौ।
