लमजुङ । दोर्दी गाउँपालिका-८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले मङ्गलबार दिउँसोदेखि बिहानसम्म १४ घर बगाएकोे छ ।
एक सय ६ घर परिवार रहेको बडा नम्बर ८ मा ५० घर उच्च जोखिममा रहेको छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानी पसिसकेको स्थानियले बताएका छन ।
बाढीले पाँचवटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको छ ।ढलेका तारहरुले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ ।
स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ ।
स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०/ १२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् ।
बिजुली बत्तीसमेत छैन , टेलिफोन सम्पर्क गर्न समेत कठिनाई उत्पन्न भएको स्थानिय बताउछन । राहत तथा उद्धारका लागि जिल्ला प्रशासन लमजुङले काम अगाडी बढाइसकेको प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सहितको र सुरक्षा निकाय को टोलिले क्षति भएको क्षेत्रको निरिक्षण समेत गरीसकेको छ ।
