केही दिन यता देखि परेको अविरल वर्षाको कारण देशको विभिन्न स्थानमा बाढी,पहिरो ले धेरै जनधनको क्षति गरेको छ। बाढी पहिरो र डुबानमा परि जेठ ३० गतेदेखि बुधबार दिउँसो सम्म ९ जनाको मृत्यु भएको अनुमान रहेको छ ।
बाढी पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्की, पाल्पा र स्याङ्जा मा १र१ जना गरि जम्मा ६९ जनाको प्रहरीले उद्वार गरेको छ। बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा ७ जना र जाजरकोट मा ७ जना गरि १४ जना बेपत्ता भएका छ्न। बेपत्ताको खोजी कार्य जारी छ।
साथै सिन्धुपाल्चोकमा ४ जना डोटीमा २ जना कास्की र स्याङ्जा मा १र१ जना गरि जम्मा ८ जना घाइते भएका छ्न। घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढिको कारण १ सय ६५ घर डुबानमा परेका छ्न।
५३ वटा घर, ३ वटा गोठ,५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६२ वटा घरपरिवार विस्थापित भएका छ्न भने ८७ वटा पशु चौपायाको मृत्यु भएको छ। देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो डुबान,सडक अवरुद्ध जस्ता विपत जन्य घटना भएका छ्न।
बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने,पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत भइरहेको छ।
