बारा र पर्सा जिल्लाको विभिन्न ठाउँहरुका १५० घरधुरीका सुत्केरी महिलाहरुलाई पुग्ने गरि विभिन्न खाद्यान्न सामग्री तथा पौष्टिक आहार बोकेर न्यानो पन नेपालको टिम एकाबिहानै बारा र पर्सा तर्फ प्रस्थान गरेको छ। पहाडी भुभाग मात्रै नभएर न्यानो पन नेपाल ले तराईका विभिन्न विपन्न तथा विकट क्षेत्रमा पनि सहयोग पुर्याउदै छ।

नेपाल एयरलाइन्सका बरिस्ठ क्याप्टेन तथा न्यानो पनका अध्यक्ष समेत रहनु भएका बिजय लामा र नेपाली काङ्ग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य तथा,न्यानो पन नेपाल संस्थाका महासचिव पासाङ नुर्बु लामा लगायतका न्यानो पनको टिमले आफ्नो स्वार्थ भन्दा टाढा रहेर बारा पर्साका विपन्न परिवारका सुत्केरी महिलाहरुलाई विभिन्न सहयोग पुर्याउदै छ्न।

बारा र पर्सा बाट फर्केपछी मेलाम्ची अनि अन्य अरु बाढि पहिरो पिडितका लागि विभिन्न सामग्री लिएर मेलम्ची जाने योजना रहेको सुनाएका छ्न। सिन्धुपाल्चोक र अन्य विभिन्न जिल्ला तथा काठमाडौका विभिन्न स्थानहरुमा पनि यो टिमले खाद्यान्न तथा स्वास्थ सामग्री बितरण गरिसकेको छ।
गत वर्ष सिन्धुपाल्चोकमा बाढी पहिरो पीडित हरु लाई पनि उपचार खर्च तथा खाद्यान्न सहयोग गरेका थिए। न्यानो पनको टिम ले बिगत केही वर्ष देखि यस्तै उदाहरणीय कामहरू गर्दै आएको छ।
