मंगलबार मेलम्ची र इन्द्रावती नदिमा आएको बाढीले सिन्धुपाल्चोक तहसनहस बनेको छ।नाकोते पुल, तिम्बु पुल, फ्ट्टे पुल, मेलम्ची पुल लगायत बाहुने बाटी पुल हरु पनि बगाएको छ ।नदि किनारामा सम्पुर्णसंरचना ध्वस्त बनाएर अरबौको क्षति पुर्याएको छ ।
मंगलबार साझ आएको भीषण बाढी र पहिरोमा परि कम्तीमा ७ जनाको मृत्यु भएको छ। मृतकहरु सबै मेलम्ची ट्राउट्र फर्ममा कार्यरत थिय।मानिसहरूले कति दुख, मेहनतले बनाएका सुन्दर घर तथा अन्य संरचना बाढीले गर्दा बगर सरह बनेका छ्न।
माछाफर्महरु हेलम्बुमा बढी थिए । हेलम्बुमा भएका ९र१० वटा माछा फर्महरु बगाएका छन् । त्यससँगसँगै रिसोर्टहरु थिए । त्यो एउटापनि छैन । खोला छेउको बस्तीहरु टिम्मुदेखि हेलम्बु मेलम्चीसम्म नै क्षत विक्षत रहेको छ । मेलम्ची खोला खोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ ।
बेलुकी सात बजेतिर आफू खाना बनाइरहेको र खोलामा बाढी आएको थाहा पाएपछि श्रीमान् माधव भण्डारी खोलामा माछा पोखरीमा आउने कुलो थुन्न जादा बाढिले बगाएको श्रीमती ले भावुक हुँदै सुनाएकी छिन।उनको काखमा नाबालक बच्चा पनि रहेको छ । हेर्नुस भिडियो
