अभिनेत्री कीर्ति कुल्हारीले उनी लामो समयदेखि आफ्ना श्रीमान् साहित सहगलसँग सम्बन्धविच्छेद गर्न चाहेको र यो निर्णयपछि आफू राम्रो स्पेसमा भएको स्वीकारेकी छिन् ।
यो वर्षको अप्रिल महिनामा नै कीर्तिले श्रीमान् साहिल सहगलसँग आपसी सहमतिमा छुट्टिने निर्णय गरेकी थिइन् । आफ्नो टुटेको विवाहबारे कुरा गर्दै कीर्ति भन्छिन्, ‘विवाहबाट बाहिरिने निर्णय
मेरो लागि सहन थिएन । तर यो आवश्यक थियो ।’ १ अप्रिलमा साहिलसँग आफ्नो पाँच वर्षको विवाह समाप्त गर्ने निर्णयमा कीर्ति भन्छिन्, ‘हामीले यो निर्णय गरेको केही समय पछि नै यो खबर मिडिया वा पब्लिक डोमेनमा सेयर गरेका थियौं ।’
