कसले भन्छ भगवान छैन रुरु हेर्नुस गाईले पत्ता लगाएको महादेव १ दर्शन गर्नेको भिड । तपाईपनी कमेन्टम ॐ लेखी दर्शन गर्नुहोस ब्याउन लागेको गाई गोठबाटै हरायो । अहिलेको गुप्तेश्वर महादेवपारिपट्टि खेतमा गाईगोठ थियो । गाई खोज्दाखोज्दै महिनौं बित्यो । फेलापरेन । गाईधनीले गाई माया मारिसकेका थिए । मनमा तोड परे पनि गाई माया मार्नुको विकल्प थिएन ।,
‘सपना सपना नै हो, विपना हुन सक्दैन भनिन्छ । यससम्बन्धमा गाईधनीसमेत जानकार थिए । उनले गोठनजिकको खेतमा गाईले धान खाइरहेको सपना देखे । उज्यालो भएपछि त्यहाँ पुग्दा गाईले धान खाइरहेको देख्दा तीनछक परे । सपनामा देखेको गाईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक होइन । उनी धान खाइरहेको गाईनजिक पुग्दा गाई हराउँथ्योे ।
गाईधनीले दुई,चार दिन त्यसरी धान खाइरहेको गाईको पछि लागे । नजिकै पुग्दा हराउँथ्यो । गाईनजिक पुग्नेक्रममा हराएपछि कता–कता गाई कराएको आवाज सुनियो । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गाई गुप्तेश्वर महादेव गुफामा देखियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गाई निकाल्न त्यति सजिलो थिएन ।,
‘त्यति अप्ठ्यारो गुफामा गाई कसरी पस्यो होला रु जोकोहीले आश्चर्य मान्छन् । गाईधनी एक्लैले गाई निकाल्न नसक्ने भएपछि गाउँलेसँग हारगुहार मागे । उनी सहयोगी लिएर पुनः त्यही गुफा
पुगे । जम्मा भएकामध्ये आधा गुफाभित्र पसे । बाँकी बाहिरै रहे । गुफाभित्रकाले गाई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने । तर, गाई निकाल्न सकिएन । गाई निकाल्न सहयोग गर्न पुग्नेले भने, गाई निकाल्न सकिँदैन । माया मारौं ।,
