सिन्धुपाल्चोक , पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्रेस केन्द्रिय सदस्य खेलकुद विभाग प्रमुख नेपाली काङ्ग्रेस दैविप्रकोप तथा बिपद व्यवस्थापन समिती संयोजक मोहन बहादुर बस्नेतले मेलम्ची पुगी हेलिकप्टर मार्फत राहत स्वरुप खाद्य सामाग्री तथा लत्ताकपडाहरु हेलम्बु पठाउनु भएको छ ।
त्यस्तैगरी, शुक्रबार हेलम्बु बाढी पिडितलाई प्रत्यक्ष राहत पुर्याउने शिलशिलामा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सदस्य मेलम्ची नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वसन्त गुरुङ,
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका युवा नेता मेलम्ची नगरपालिका वडा नं ४ का निर्वाचित वडा सदस्य समीर लामा, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोका युवा नेताहरु राजु गुरुङ, अमृत लामा,
मनोज लामाको समन्वयमा नेपाली चलचित्र क्षेत्रकी प्रख्यात नायिका स्वेता खड्का र हाम्रो टिम नेपाल संस्थाको विशेष सहयोगमा हेलम्बुमा पुरै बाटो अबरुद्ध भएकोले कुनै पनि उचित राहत
नपुगेको अवस्थामा ५ पटक सम्म प्राईभेट हेलि प्रयोग गरि हेलम्बुका तिम्बु, हल्दे, सेर्काथली, चालिसे लगायतका ठाउँमा हेलि अवतरण गराई अत्यावश्यक १०० बोरा चामल , दाल, तेल, नुन
लगायतका खाद्य सामाग्री संगै ब्लाकेट, सिरक, डसना लगायतका लत्ताकपडा पुर्याई थोरै भए पनि पिडितहरुको घाउमा मलम पट्टी लगाउने काम भएको छ ।


