मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।
असार १ गतेजस्तै गरी मेलम्ची खाेला उर्लिएकाे स्थानीय बताएका छन्। मेलम्ची खाेलामा काठपातसहसहित लेदाका साथै पानी उच्च तहले बढेको छ। बाढीले हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको आशंका रहेको एक प्रहरीले बताए। पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको उनले बताए।
मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित स्थानमा सारिसकिएको छ भने आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ। नदीकाे बहाव
बढेसँगै तल्लो तटीय क्षेत्रमा रहेका स्थानीयलाई सचेत रहन प्रहरीले आग्रह गरेकाे छ। यसअघि असार १ गते आएकाे बाढीले २० जना बेपत्ता पारको छ। तीन जनाको जनाकाे मृत्यु भइसकेको सरकारले जनाएको छ। बाढीले करोडाैंको हानि पुर्याएको छ।
