पछिल्लो एक वर्षको बीचमा खानेतेलको भाउ उच्च बढेपछि सरकारको नियमन गर्ने जिम्मेवार निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक उद्योगीलाई तीन÷चार पत्र काटेर खानेतेल बढ्नुको कारण पेस गर्न निर्देशन दिँदै आएको छ तर पनि खाने तेलको मूल्य झनै बढेको छ ।
कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ ।एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल ९सनफ्लो० र भटमासको तेल ९सोयाबिन तेल० महँगिएको छ
के एल दुगडका डीजीएम विनोद न्यौपानेले तेल उत्पादक उद्योगले अहिले मुनाफा नै कम राखेर तेल बिक्री गरिरहेको दाबी गर्दै सरकारले कर घटाइदिए उपभोक्ताले सस्तोमा तेल पाउने सम्भावना हुने दाबी गरे ।
