एकदमै कोमल मनकी स्वेता अरुको दुख फिटिक्कै देख्न सक्दिनन। हेलम्बु पुगेर सबै सेरोफेरो हेरिरहदा र पीडितहरुको आवाजलाई एकदमै नजिक बाट नियाली राख्दा स्वेताले आफुले आफुलाई समाल्नै सकिनन।
स्वेता खड्का विभिन्न राहत सामग्री बोकेर सिन्धुपाल्चोक हेलम्बुमा पुगेकी छिन। आफ्नो श्रीमान् को साथमा हेलिकप्टरमा उनी हेलम्बु पुगेकी हुन। आफुले रातभर नसुती राहत सङ्कलन गरेर सिन्धुपाल्चोक पुगेको उनले बताइन।
हेलम्बु को वडा नं ३ लगायत विभिन्न ठाउँहरुमा राहत पुर्याउने बताएकी छिन। खाद्यान्न साथै ओढ्ने, ओछ्याउने सामानहरु बोकेर सिन्धुपाल्चोक पुगेका हुन। समय एकदमै कम र सहयोगको छिटोभन्दा छिटो आवश्यक परेको बेला उनी हेलिकप्टरमा त्यहाँ पुगेकी हुन ।
पीडित परिवारलाई राहत वितरण तथा उनीहरुको घाउमा धोरै भएपनी मलम पट्टि लगाउने उद्देश्यका साथ हेलिकप्टरमा उनी त्यहाँ पुगेकी हुन। स्वेता खड्काले माझी बस्ती देखि लिएर विभिन्न बिपत्तका बेलामा सकारात्मक भुमिका निर्वाह गर्दै आएकी छिन।
