जुनसुकै विपत्त परेको बेलामा पनि नेपालिहरुको पिडामा मलम लगाउन होस या नेपालीहरुको बगिरहेका आँसु पुछ्न नै होस् , सधै अग्रसर रहने गर्छ न्यानोपन नेपाल, न्यानोपन नेपालले बिगत लामो समय देखि हरेक दुखी,असहाय विपन्न परिवारहरुलाई सहयोग गर्दै आइरहेको छ।

नेपाल एयरलाइन्सका बरिस्ठ क्याप्टेन तथा न्यानो पनका अध्यक्ष समेत रहनु भएका बिजय लामाले आफ्नो उडान नभएको समयमा न्यानो पन नेपाल संस्थामा आवद्व भई समाज सेवामा लाग्नु भएको छ।
काठमाडौ,भक्तपुर,ललितपुर,गोर्खा,सिन्धुपाल्चोक,बारा पर्सा,लगायतका विभिन्न जिल्लाहरुमा पुगि अति विपन्न परिवार तथा विभिन्न बिपत्ति बाट पीडित भएका सुत्केरी महिलाहरु सङ्गै एकल महिलाहरुलाई पौष्टिक आहार,खाद्यान्न तथा स्वास्थ सामग्री वितरण गर्दै आइरहेको छ ।


नेपाली काङ्ग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य तथा,न्यानो पन नेपाल संस्थाका महासचिव पासाङ नुर्बु लामा एक व्यवसायी हुन र उनी अहिले समाज सेवामा खटिनु भएको छ। आफ्नो व्यवसाय बाट प्राप्त मुनाफाको ७५ प्रतिशत न्यानोपन नेपाल संस्थामा आवद्ध भई समाज सेवामा लगाउनु भएको छ।

न्यानोपन नेपालको उपाध्यक्ष अपरा थापा भट्टराई लगायतका न्यानो पन नेपालको टिमले यतिबेला नेपालको पहाडी भुभाग मात्रै नभएर तराईका विभिन्न विपन्न तथा विकट क्षेत्रमा पनि सहयोग पुर्याउदै छन।
न्यानोपन नेपाल बिगत लामो समय देखि भुकम्प,कोरोनाको बेला होस् या अहिले आएको बाढी पहिरो लगायतको प्राकृतिक बिपत्तिको बेला होस पीडित बनेका मानिसहरुको सहयोगको लागि अहोरात्र खटिएको छ।न्यानो पन नेपाल अहिले हरेक नेपालीहरुको सहारा बन्दै छ।

