नेपाली कांग्रेसका नेता कृष्णसिंह परियारको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा नि’धन भएको कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिनुभयो ।
विसं। २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।
दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित परियार बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दा कारागारसमेत पर्नुभएको थियो ।
