लगातारको वर्षाका कारण शनिबार बिहान बस्तीमाथिबाट पहिरो खस्दा बैतडीको पञ्चेश्वर गाउँपालिका २ गैरटोलका ७ घरपरिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय कृष्णराम औजीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हो। यस्तै, स्थानीय रमेश राम औजी, देवानी राम औजी, गोविन्द राम औजी, धनी राम औजी र मदन राम औजीको परिवार पनि विस्थापित भएका छन्।
बस्तीमा पहिरो खसेपछि कृष्णसंगै जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका पञ्चेश्वर गाउँपालिका २ का वडाध्यक्ष दशरथ मंगोलाले बताए। ुविस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको छु, उनले भने,‘पहिरोले ७ परिवार विस्थापित भएका भएपनि मानवीय क्षती भने भएको छैन्।
जनप्रतिनिधि र गाउँलेहरूले समयमै उनीहरूको व्यवस्थापन गर्यौं।’पहिरोले बैतडीको सुर्नया गाउँपालिका ७ को कैलपाल मावि झाड्बोको भवनमा पनि क्षति पुर्याएको छ। शुक्रबार राती खसेको पहिरोले विद्यालयको तीन कोठे भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको हो।
बस्तीमाथिबाट काटिएको कुलाउ(डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको बताइएको छ। निरन्तरको झरीका कारण अझै पनी पहिरो खस्ने क्रम रोकिएको छैन।
