पहिरोमा च्यापिएर दुई बालबालिका मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका वडा नं ५ चिसापानी नजिकै बाख्रा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको छ।
ऐश्वर्या बिष्ट को छोरी जेनिशा बिष्ट र उनकै मामाका छोरा बिनोद भण्डारी बेलुकी बाख्रा चराउन गएको बेला पहिरोमा च्यापिएर मृत्यु भएको हो। मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ।
बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए। च्यापिएको थाहा पाएपछि नेपाल प्रहरी,शसस्त्र प्रहरी,स्थानीयले पहिरो पन्छाउदा उनिहरुको शव फेला परेको हो।
