पोखरा । शनिबार पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोलिदा ढुंगा, मुढासहित उर्लिएको जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्।
उनका अनुसार नेस्याङ गाउँपालिका–४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले शनिबार केहीबेर नदी थुनिदा पानीको सतह बढेको र खोलिदा उर्लेर आएको छ ।
मस्र्याङ्दीको तल्लो तटीय क्षेत्र वरपर नबस्न भनेर सूचना दिइसकेको पनि उनले बताएका छन् । थुनिएको नदी खुलेर उर्लिएपछि ट्रसको पुल पनि नाघेर पानी बगिरहेको उनले बताए ।
नदीमा डुङ्गा, बालुवा, माटो लगायत मिसिएर बगेको लेदोसहितको पानीले बगाएर ल्याएको रुखहरुपुलमा अड्किएका छन् ।
