गत मंगलबार हेलम्बु गाउँपालिकाका मेलम्ची नदी किरानाका बस्तीहरुमा बाढीले वितण्डा मच्चाएको थियो। हेलम्बु र मलेम्चीमा मेलम्ची र इन्द्रावती नदीले वितण्डा मच्चाउनुको कारण ती नदीको मुहानमा पहिरो गई बनेको ड्याम फुट्दा आएको बाढीलाई कारक मानिएको छ।
मलेम्ची नगरपालिकाको मेलम्ची बजारमा मेलम्ची र इन्द्रावती नदीले वितण्डा मच्चाएको थियो। यो बाढीको प्रभाव दोलालघाटसम्म परेको छ।उता हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै मेलम्ची नदीमा अझै बाढी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरेको छ।
गाउँपालिकाले हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनिको भेमाथाङ्ग चौरमा गएको पहिरोले मेलम्ची नदी थुनिएको र सो नदी थुनिदा गत मंगलबार मेलम्चीमा विनशाकारी बाढीको बताएको छ।
गाउँपालिकाले डा। रबिनराज बरालका अनुसार भन्दै सो पहिरो गएको स्थानमा हालसम्म २५ प्रतिशतमात्र पहिरो गएको र अझै ७५ प्रतिशत पहिरो जान सक्ने भएकाले अझै सचेत हुनुपर्ने बताएको छ।हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ ।
