काठमाडौं – अस्पतालमा स्वास्थ्य सामग्री पुर्याउन जाने क्रममा बेपत्ता भएकी डडेल्धुराकी एक स्वास्थ्यकर्मीको श’व फेला परेको छ।
डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी अधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शनिबार श’व फेला परेको हो। धामी असार २ गते जोगबुढा अस्पतालमा स्वास्थ्य सामग्री (कोभिड १९ विरुद्धको बाँकी रहेको खोप समेत) पुर्याउन जाने क्रममा बेपत्ता भएकी थिइन्।
परिवारका सदस्यहरुले अस्मीताको खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय जोगबुढामा निवेदन दिएका थिए। खोजीका क्रममा शनिबार उनको श’व फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले जानकारी दिए।
स्थानीयले भने अस्मीताको श’व ह’त्या गरेर फालेको जस्तो अवस्थामा फेला परेको बताएका छन्। डीएसपी नेपालले भने घटनाको प्रारम्भिक अनुसन्धान पछि मात्रै ह’त्या गरिएको हो वा हैन भनेर यकिन भन्न सकिने बताए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जोगबुढाबाट टोली परिचालन गरिएको उनले जानकारी दिए।
