काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाइ अझ लम्बाइने भएको छ।पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेसम्म जारी रहनेछ। पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न, फलफूल, दुग्धजन्य वस्तु तथा स्टेशनरी पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइएको छ।
उपत्यकाका तीनवटै जिल्लामा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज दिउँसो वा भोलि बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने बताए।
प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यातायात सेवा सञ्चालनका विषयमा पनि छलफल हुनेछ। यद्यपी कोरोना संक्रमणको जोखिम धेरै कम नभइसकेकाले यसबारे अझै संयमित भएर निर्णय लिइनेछ। हाल देशका ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ।
साथै निर्माण सामग्रीका व्यवसाय दिउँसो ४ बजेपछि खोल्न दिइएको छ। अब यस्ता व्यवसाय खोल्ने समय थप गर्ने र अरु केही व्यवसाय पनि खोल्न दिने गरी तयारी थालिएको हो।
