काठमाडौं– हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीको अगुवाइमा भारतिय बिस्तार वाद बिरुद्ध सञ्चालन गरिएको ‘ब्ल्याक आउट’ सांकेतिक बिरोध हिजो देखी सुरु भएको छ, हिजो सुरु गरिएको पहिलो दिनको ‘ब्ल्याक आउट’ सफल भएको शाही बताउछन् ।
संयोजक शाही लगायत भारतिय बिस्तार वाद बिरुद्ध सांकेतिक बिरोधमा साथ दिन नेपालका बिभिन्न् सेलिब्रेटी, अभियन्ता, पत्रकार हरुले एकमुष्ट रुपमा आव्हान गरेका छन ।
जेठ ४ गते अर्थात हिजो आइतबारबाट शुरु भएको बिरोध जेठ १० गतेसम्म निरन्तर चल्ने शाहीले आफ्नो समाजिक संजाल बाट बताउदै आउनु भएको छ ।
हरेक बेलुका ८ बजेदेखि ८ः५ बजे सम्म बति निभाएर एकजुट बन्न आग्रह पनि गरेका छन् । बत्ती निभाएर गरिने बिरोधमा कलाकार देखि पत्रकार, सम्म सबैले एकैबद्धता जनाएका छन् ।
बत्ति निभाएर गरिने बिरोधमा सहभागी हुने ज्ञानेन्द्र शाही, रबि लामिछाने, सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे सुन्तली , हेमराज थापा, दिपकराज गिरी, दिपाश्री निरौला, केदार प्रसाद घिमिरे (माग्ने बुढा), अर्जुन घिमिरे (पाडे), कुमार कट्टेल (जिग्री), रमेश प्रसाईं, रबिन्द्र मिश्र, गगन थापा, निकिता पौडेल, जिता बराल लगायतका सबैले एकैबद्धता जनाउँदै उक्त बिरोध कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
पहिलो दिन ‘ब्ल्याक आउट’ हुदा यस्तो देखिएको थियो हेर्नुस् भिडियो सहित
https://www.facebook.com/gyanendra.shahi.31/videos/2882624951806992/
https://www.youtube.com/watch?v=yWpjEYkY9yw
