असार १ गते बाढी आउनुको कारण बारे हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गरि जानकारी गराएको हो ।सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ ।
हेलम्बुको वडा नम्बर १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ ।
विज्ञ डा.रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भागमा पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको हो । चौरको ७५ प्रतिशत मध्ये कति भागम
पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउन समेत सूचनामार्फत आग्रह गरिएको छ ।
