भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! शुभकामना तथा बधाई दिदै सेयर गरौं संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ ।
चौथोमा रहेको नेपालले योगदानमा अफ्रिकी मुलुक रुवान्डालाई पछि पार्दै स्थान सुधार गरेको हो ।यूएन मिसनमा खटिने सुरक्षा फौजको सूचीमा अर्को दक्षिण एसियाली मुलुक बंगलादेश पहिलो नम्बरमा छ भने अफ्रिकी मुलुक इथोपिया दोस्रोमा छ ।
यूएनबाट प्राप्त सूचनाअनुसार नेपालको ५ हजार ६ सय ८६ सुरक्षाकर्मी शान्ति स्थापनाका लागि खटिएर गत वैशाख ३१ देखि तेस्रो नम्बरमा उक्लिएका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यस्तै, पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६ र दोस्रोमा रहेको इथोपियाले ६ हजार १ सय १३ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटाएका छन् ।
नेपालपछि रुवान्डा, पाँचौं नम्बरमा नेपालको दक्षिण छिमेकी भारत र छैटौंमा पाकिस्तान छन् । रुवान्डाले ५ हजार ६४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मीहरु शान्ति स्थापनाका लागि खटाएका छन्
