एक पछि अर्को गीत बजारमा आउने क्रममा यतिबेला चर्चित गायक राजेन्द्र कंडेल र शान्ती श्री परियारको सुमधुर आवाजमा मनछुने भिडियो सहित नया गीत बजारमा आएको छ । बिगत एक दशक भन्दा लामो समयदेखी निरन्तर संगीत कर्ममा रमाएको नाम हो राजेन्द्र कंडेल ।
उनको स्वरको कुरा गर्नेहो भने सायद पछिल्लो पुस्तामा उनलाई भेटाउने बिरलै होलान तरपनी अझै दर्शक श्रोताले उनको आवाजको मुल्याङ्कन गर्न नसकेको प्रस्ट देखिन्छ । यस्तै यस गीतमा कंडेललाई स्वरमा साथ दिएकी छिन
चर्चित लोक दोहोरी गायिका शान्ती श्री परियारले भने नारायण प्रसाद शर्मा “मुस्कान” को शब्द रहेको छ । उक्त गीतमा संगीत स्वयम राजेन्द्र कंडेलकै रहेको छ भने एरेन्ज बिनोद बाजुराली, अडियो सम्पादन खड्क बाजुराली, रेकर्डिङ्ग गोबिन्द पराजुलीको रहेको छ ।
त्यस्तै भिडियो तर्फ चर्चित कलाकार शिशिर भण्डारी र रुपा कंडेलको मनछुने अभिनय देख्न सकिन्छ । शिशिर भण्डारी सयौको संख्यामा बिभिन्न फिल्म, टेलीफल्म लगायत रेडियो कार्यक्रम अनि युटुवर बाट परिचित नाम हो भने रुपा कंडेल करिब एक दशक भन्दा लामो समयदेखी निरन्तर उत्कृष्ठ भिडियो अभिनयमा स्थापित नाम हो ।
रुपाले अभिनयको माध्यमबाट सारा नेपालीको मनजित्न पनी सफल भएकी छन् । यस गीतको निर्देशन बिक्रम चोहानले गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन तथा कलर मिलन बि.क. ले गरेका छन् ।
गीतको पोष्ट प्रोडक्सन बी स्टार फिल्मस्ले गरेको छ । गीतमा दुई प्रेमी बिछोडिए पछिको अवस्थालाई देखाइएको छ । हाम्रो तर्फबाट पागल गीतको उत्तर उत्तर प्रगतीको शुभकामना,
भिडियो हेर्नुस
