पाेखराबाट पर्वत जाने क्रममा टिप्परसँग माेटरसाइकल ठाेक्किएर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, भुकताङ्गे- १ का ३३ बर्षीय बिनाेद मल्ल रहेका छन् । अर्का एक जनाकाे सनाखत भइसकेकाे छैन ।
आज बेलुकी अन्दाजी ५ बजेकाे समयमा कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा पर्वतबाट पाेखरा तर्फ आइरहेकाे प्र. ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिप्पर र ग २० प ६०३० नम्बरकाे माेटरसाइकल ठक्कर खाएकाे थियाे । त्यसपछि, गम्भीर घाइते हुन पुगेका बाइकमा सवार २ जनालाई उपचारका लागि पाेखरा पठाइएकाे थियाे ।
अस्पताल ल्याउनासाथ मल्ललाई मृत घाेषणा गरिएकाे र नाम नखुलेकाे अर्का घाइतेकाे उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
घटनामा संलग्न टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरी चाैकी नाैडाँडाबाट खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर जिप्रका, कास्की पठाएकाे छ । असई जयलाल बुढाकाे नेतृत्वकाे प्रहरी टाेली दुर्घटना लगत्तै घटनास्थल पुगेकाे थियाे ।
