काठमाडौं – हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा पुन सामेल गर्ने मन्त्री परिषद्को निर्णय स्वागत योग्य रहेको बताएका छन् ।
शाहीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको राम्रो कामको सम्मान गर्ने बताएका छन् ।। शाहीको अगुवाइमा सञ्चालन भइरहेको सांकेतिक बिरोध पनि आजबाट स्थगित गरिएको जानकारी दिएका छन् ।
साेमबार बसेको मन्त्रिपरिषद बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा पारित गरेको हो ।
भारतले हालै मात्र लिपुलेक हुँदै तिब्बतकाे मानसराेवर जाेड्ने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गरेर विराेध जनाएकाे थियाे।
नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो। भारतीय सेना प्रमुखले भने नेपाल सरकार अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेको थियो।
शाहीको स्टाटसः
कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सामा पुनः सामेल गर्ने मन्त्री परिषद्को निर्णयको स्वागत योग्य छ | हामी राम्रोकामको सम्मान गर्छौ | त्यसैले आज बाट #black out कार्यक्रम स्थगित गरिएको छ सबैमा जानकारी होस देश बिदेश मा रहेर पनि यो अभियान लाई साथ दिनु हुने सबै लाई धन्यवाद हामी रास्ट्र र रास्ट्रिएता को लागि ज्यान दिन र लिन पनि तयार छौ राम्रो काम का लागी हामी जहिले पनि सरकार को साथ र समर्थन मा छौ #यदि बाटो बिराएमा खबदारी पनि गर्छौ मन्त्री परिषद्को निर्णय ब्याबाहार मा लागू होस ।।

