नक्कली पत्रकार र कर्मचारी मोरङ बाट प्र,’काउ परेका छ्न। हामी पत्रकार र वन कार्यालयका कर्मचारी हौं, हामीलाई सहयोग गर्नुहोस् नत्र अ,प्ठेरो पारिदिन्छौँ’ भन्दै ध,म्काएर ठ,ग्ने नक्कली पत्रकार र कर्मचारी मोरङबाट प’क्राउ परेका हुन्।
सुनसरीको इटहरी उपमहानगरपालिका(६ का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैँचा नगरपालिका(७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल मोरङको रतुवाई नगरपालिकास्थित एउटा स(मील ९काठ चिर्ने उद्योग० मा ध’म्की दिएर पैसा उठाउन खोज्दै गर्दा प,क्राउ परेका हुन् ।
उनीहरुले नक्कली पत्रकार र वनका कर्मचारी बनेर काठ मिल र फर्निचर उद्योगलाई ध’मक्याई रकम ठगी गर्दै आएको रहस्य खुलेको छ ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न साप्ताहिक र दैनिक पत्रिकाका परिचयपत्र,नगदी रसिद,चन्दा उठाउन प्रयोग गरेको डायरी र नगद ३३ हजार बरामद गरेको छ ।
उनीहरुले सृष्टि साप्ताहिक,सन्देश दैनिक समाचारपत्र,कान्तिपुर पोष्ट, जनमत र बराह साप्ताहिकलगायत पत्रपत्रिकाको नक्कली परिचयपत्र देखाएर आफूलाई संवाददाता भन्ने गरेका थिए ।
प’क्राउ परेका नक्कली पत्रकार तथा कर्मचारी चौहान र सिग्देलले ध’म्क्याएर एक लाखभन्दा बढि रुपैयाँ अ’वैध संकलन गरेको बरामद डायरीबाट खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले मोरङको उर्लाबारी,रंगेली,सुनवर्षी,अमरदह, बेलबारी बाहुनी,रन्जनी,होक्लाबारी, रमाइलो डाँगीहाट,रतुवामाई, बबियाविर्ता,डायनियाँ लक्ष्मीमार्गलगायत स्थानमा रहेका फर्निचर उद्योग र काठमिलबाट न्यूनतम दुई हजारदेखि १५ हजार रुपैयाँसम्म असुलेको पाइएको छ ।
