सिँचाइ कुलो मर्मत गर्ने क्रममा पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर एक जनाको मृ,त्यु भएको छ। नुवाखोलाबाट निकालिएको कुलो मर्मत गर्ने क्रममा पहिरो खस्दा याङवरक–२ लेखेवा बस्ने ५८ वर्षीय टेकनाथ धौरालीको मृ,त्यु भएको हो।
टाउको र शरीरमा ढुङ्गाले लागेर उनको घ,टनास्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्स्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए। मृ,तक धौरालीलाई स्थानीय विद्यालयका शिक्षक रहेका थिए।
पहिरोमा परि सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। गाउँलेहरु भेला भएर सिँचाइ कुलो बनाउन गएका थिए।
