इलाम । देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २६ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १६ जना थपिए संगै संक्रमितको संख्या १ हजार ६ सय २७ पुगेको छ ।
आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ४ जना महिला २ पुरुष, सूर्योदय नगरपालिकामा १ महिला १ पुरुष, माई नगरपालिकामा ७ महिला ६ पुरुष, रोङ गाउँपालिकमा २ पुरुष, र फाकफोकथुम गाउँपालिकामा २ पुरुष,रहेका छन् ।
इलाममा कोरोना संक्रमणको कारण हाल सम्म ४० जनाको मृ,’त्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार २ सय ७ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् ।
