काठमाडौ । दुर्घटना भएको टिप्परमा मोटरसाइकल ठो किँ दा नेपाली काँग्रेसका एक नेताको मृत्यु भएको छ । मोरङको बिराटचोकमा आइतबार साँझ भएको सडक दुर्घटनामा नेपाली कांग्रेस धनकुटाका सचिव सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बिराटचोक पश्चिम बाट उक्त टिप्पर पुर्वतर्फ आँउदै गरेको थियो । त्यसै क्रममा विपरीत दिशा बाट आउदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई टिप्परले ठ क्क र दिएको प्रहरीले जानकारी दिएको छ ।
सोही क्रममा पुर्वतर्फ जाँदै गरेको सचिव कृष्ण बहादुर थापा सवार को २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
दुर्घटनामा अर्को मोटरसाइकल चालक इटहरीका दिपु शाहको पनि मृत्यु भएको हो । कुमार थापा सवार मोटरसाइकलका अर्का व्यक्ति धनकुटाका भिम बहादुर थापा पनि गम्भीर घाइते भएका छन् उनको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
